गेरुवाको पशुपतिनगरमा निशुल्क कान उपचार शिविर सम्पन्न

    • स्वास्थ्य पेज

  • २७ चैत्र २०८०, मंगलवार

नेपालगन्जः बर्दियाको गेरुवा गाउँपालिका वडा नं.५ स्थित पशुपतिनगर स्वास्थ्य चौकीमा आज निशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगन्जको आयोजना र प्राविधिक सहयोग तथा गेरुवा गाउँपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ५० जनाको कान जाँच गरिएको थियो ।

७० जना पुरुष र ८० जना महिलाले सेवा लिएका थिए । जसमा ३६ जनामा कान पाक्ने समस्या देखिएको चेकजाँचमा संलग्न चिकित्सकहरुले बताए ।

यस्तै १७ जनामा कानेगुजी फेला परेको थियो । कान शिविरमा सहायक कान चिकित्सक भिषण कुमार थारु र दामोदर चौधरीले चेकजाँच गरेका थिए ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech