लागुपदार्थ दुर्व्यसनी नियन्त्रणमा सरकारले चासो नदेखाएको नेपालको आरोप

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०८०, बिहीबार

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउनु भएको छ ।

रौतहट, कैलाली लगायतका जिल्लाहरुमा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढीरहेको भन्दै सरकार, नेपाल प्रहरी र प्रशासन के हेरेर बसेको भन्दै उहाँले प्रश्न गर्नुभयो । काठमाडौँमा बिहीबार भएको एक कार्यक्रममा उहाँले यसरी प्रश्न गर्नुभएको हो ।

उहाँले युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech