लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालामा अब सबैले रगत परिक्षण गर्न पाउने

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०८०, सोमबार

बुटवल: लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालामा बुटवल १२ तामनगरमा अब सबैले रगत परिक्षण गर्न पाउने भएका छन । उक्त सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले शुभारम्भ गर्नु भएको हो।

प्रयोगशालाले प्रदेश भित्रका प्रयोगशालाहरुको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परिक्षणहरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृढिकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गदै आएको थियो ।

तर अब देखी सर्बसाधारणको लागी रगत परिक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो। उहाले अब केन्द्रिय जनस्वास्थ्य प्रयोशालाकोमा हुने धेरै परिक्षण यहाँ हुने वताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको निर्णयबाट तोकिएको शुल्क अनुसार सेवा दिईने गुप्ताको भनाइ थियो। उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेश भित्रका अन्य प्रयोगशाला तथा अस्पतालमा हुननसकेका सम्पुर्ण परिक्षण अब यही प्रयोशालमा हुने वताउनुभयो ।

उहाँले प्रदेसबाट ल्याबको परिक्षण गर्न काठमान्डौ तथा अन्य ठाउमा जानुपर्ने अबस्थाको अत्यका लागी प्रदेश सरकारले आबश्यक बजेट बिनियोजन गरि थप उपकरण खरिद गरि अत्याधुनिक सेवा दिईने ब्यबस्था रहेको वताउनुभयो।

मानिस बिरामी भएपछि पहिलो परिक्षण भनेको रगतको रिपोट चाहिने र त्यो बिश्वशनिय भएपछि मात्र रोगको उपचार गर्न सहज हुने भएकोले यस लुम्बिनी प्रदेश सरकारले यहाँका जनतालाई सेवा दिने ब्यबस्था मिलाएको खनालको भनाइनछ । बुटबलको देबिनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालमा समेत कलेशन सेन्टर सुरु गरि बजारका बिरामीहरुलाई यहाँआउनु नपर्ने र रिपोट अनलाईमा आउने ब्यबस्था भएको समेत मन्त्री खनालको भनाइ थियो।

मन्त्री खनालले प्रदेशको गौरबको अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको पनि १२ तले भबन तथा अन्यसेवा को लागी सरकारले काम गरिरहेको वताउनुभयो। । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालाको आगामी आर्थिक बर्षबाट प्रदेशमा हुन नसकेका विशिष्टीकृत परिक्षणहरु पनि थप गर्दै जाने समेत जनाएको छ ।

एचआईभी संक्रमित बिरामीहरुमा भाइरल लोड परिक्षण तथा सह–संक्रमणको परिक्षण सुरु गर्ने

आधुनिक प्रयोगशाला परिक्षण प्रविधिको विकास तथा बिस्तार गर्ने, प्रदेशभर गुणस्तरीय प्रयोगशाला प्रणालीको बिकास गरि प्रयोगशाला सेवाहरुको संचालन तथा व्यवस्थापन गर्ने भएको छ ।

यस्तै जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुका प्रयोगशाला शाखालाई महामारीजन्य रोगहरुको नियमित सर्भिलेन्स गर्न सबलीकरण गर्ने, प्रादेशिक रक्त संचार केन्द्रको स्थापना गर्ने र प्रदेशभरका रक्तसंचार केन्द्रहरु बीच संजाल स्थापना गरि रगतको अभाब हुन नदिने, रोगको निदानमा प्रेषण प्रयोगशालाको रुपमा स्थानीय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्ने समेत योजना रहेको उपनिर्देशक राजेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई संक्रामक एबं असंक्रामक रोगहरुको अध्ययन तथा अनुसन्धान गर्न प्रयोगशाला तथा प्रविधिको विकास गर्ने योजना रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनुभयो।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech