क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८०, आईतवार

नेपालगन्जः बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल रेडियोलोजी विभागमा आगलागी भएको छ । आज अपरान्ह चार बजे विभागको सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहले जानकारी दिनुभयो ।

रेडियोलोजी विभागको छुट्टै भवन छ । यहाँ अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटि स्क्यानलगायतका उपकरण छन् । सिटि स्क्यान रुमबाट अर्को रुममा पनि आगो फैलिएको छ । नेपालगन्जबाट गएको दमकलबाट आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणमा आएपनि धुवा भने अझै हटेको छैन ।

आगलागीबाट उपकरणमा क्षती पुगेको छ । यद्यपी कति क्षती भएको हो त्यो बारे प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने कार्यकारी निर्देशक साहले बताउनुभयो । उहाँका अनुसार विद्युत सर्ट भएर आगलगाी भएको हुन सक्छ ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech