खजुरा क्यान्सर अस्पतालमा आगलागी

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८०, आईतवार

नेपालगन्जः बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा.प्रकाश साहले जानकारी दिनुभयो । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको साहले बताउनुभयो ।

अहिलेसम्म दमकल पुग्न सकेको छैन । स्थानीयबासीहरुले पानी हालेर आगो निभाउने प्रयास गरेका छन् । तर, भित्र जाने स्थिति नभएको मेसु साहले स्वास्थ्य पेजलाई बताउनुभयो ।

अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएपछि नियन्त्रणका लागि दमकल बोलाइएपनि अझै दमकल पुग्न सकेको छैन । ‘सिडियो सापलाई दमकल पठाउन भनेको छु तर अझै आएको छैन’-साहले भन्नुभयो ।

सिटि स्क्यान र बिरामी वस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको जोखिम भने नभएको साहले बताउनुभयो ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech