मेडिकल उपकरणमा भ्रष्टाचार, व्यवसायी पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८०, आईतवार

नेपालगन्जः मधेश प्रदेशलगायत विभिन्न ठाउँमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ मास्टरका रूपमा चर्चित व्यवसायी विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कोशी प्रदेशमा मेडिकल उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन प्रमुख चन्द्रदेव मेहता र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कुशल दाहाललगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित विशाल पण्डितसमेतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पण्डित होटल बसेराका मालिकसमेत हुन् । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रूपैयाँ बिगो मागदाबी गरेको छ ।

पण्डितले अख्तियार प्रमुख प्रेम राईसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ठूला ठेक्काको सेटिङमा कर्मचारी मिलाउने गरेका थिए । अख्तियारले मधेश प्रदेशमा प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर अर्बौंको अनियमितता गरेको प्रकरणमा पनि छानविन गरिरहेको छ । यसमा पनि पण्डित संलग्न रहेका छन् ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech