सकियो दन्त चिकित्सकहरुको क्षेत्रिय कार्यशाला

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०८०, शनिबार

नेपालगन्ज: बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन प्रविधि यन्त्र, उपकरण लगायतका बारेमा जानकारी आदान प्रदान गरेको बताएका छन् ।

दाँतको समस्या र यसको उपचारका क्षेत्रमा आएका नवीन प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा व्यापक छलफल र सिकाई आदान प्रदान गरिएको आयोजक नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले दक्षता अभिवृदि गर्न कार्यशालाले महत्वपूर्ण भुमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । यसैबिच कार्यक्रमका स्पिकर डा.श्याम काजी महर्जनले कार्यशालामा पछिल्ला डिजिटल प्रविधिका बारेमा उपस्थित चिकित्सकहरु बिच प्रयोगात्मक छलफल भएको बताउँनुभयो ।

कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको थियो । दुईदिन सम्म चलेको कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो ।

 

  • १७ चैत्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech