दन्त चिकित्सकहरुको पहिलो क्षेत्रिय कार्यशाला नेपालगन्जमा सुरु

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८०, शुक्रबार

नेपालगन्ज: दन्त चिकित्सकहरुको पहिलो क्षेत्रिय कार्यशाला एवंम प्रत्यक्ष सहभागीतामुलक कार्यक्रम नेपालगन्जमा सुरु भएको छ ।

मुख तथा दन्त स्वास्थ्य सेवाका सवालमा विभिन्न जानकारी आदान प्रदान गर्न कार्यशालाको आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । कार्यशालाको संयुक्त रुपमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.बिनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा. श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै डा.थापाले यसखाले कार्यक्रम निरन्तर रुपमा गरिराख्न आयोजकलाई सुझाव दिनुभयो । चिकित्सकहरूबीच अनुभव आदानप्रदान, विचार विमर्श तथा अन्तर्क्रियाद्वारा दन्त चिकित्सा सम्बन्धी ज्ञान, सिप र धारणा प्रत्यक्ष सहभागीता मूलक कार्यक्रमका माध्यबाट आदानप्रदान गर्नका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खल्ने आयोजकले विश्वास लिएको छ ।

दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि यन्त्र, उपकरण लगायतका कुरामा सम्मेलनमा चर्चा हुने एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको छ।

आयोजकका अनुसार कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता छ । कार्यक्रममा डा.सुमन गौतम, डा.श्याम कुमार महर्जन र डा.मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यशाला शनिवारसम्म चल्नेछ ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech