डाक्टर प्रतिभा धौभडेल छाउनी स्थित आफ्नै घरमा मृत फेला

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८०, शुक्रबार

काठमाडौं: डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको छ । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै घरमा मृत भेटिनुभएको हो ।

बिहीबार मृत अवस्थामा फेला पर्नुभएकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको बताईएको छ ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत ३४ वर्षीया धौभडेल बिदामा काठमाडौं आउनु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गर्नुभएको थियो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech