आर्जु राणाको नयाँदिल्लीमा शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०८०, बिहीबार

नेपालगन्जः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी समस्याबाट पीडित राणाको नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार शल्यक्रिया भएको हो ।

शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख रहेको आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिनुभएको छ । चिकित्सकको परामर्शअनुसार उहाँ अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएअनुसार आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आउनु भएको थियो । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उनी उपचारका लागि दिल्ली गएको र १४ गते हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech