खजुरामा योग सेवा सुचारु

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०८०, बुधबार

नेपालगन्ज: बाँकेको खजुरामा योग सेवा सुचारु गरिएको छ । आयुर्वेद शाखा खजुरामा योग सेवा सुचारुको उद्घाटन गरिएको हो । पतन्जली योग समिति नेपाल खजुराको प्राविधिक सहयोग तथा आयुर्वेद शाखा खजुराको आयोजनामा योग सेवाको सुभारम्भ गरिएको हो ।

योग सेवा शुभारम्भ  खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले गर्नुभयो । नियमित योग गर्नका लागी आयुर्वेद शाखाले सेवाको सुभारम्भ गरेको शाखा प्रमुख किरण खनालले जानकारी दिनुभयो ।

शाखाले चालु आर्थिक वर्षमा ६८९९ जनालाई ओपिडी मार्फत स्वास्थ्य परिक्षण सेवा प्रदान गरिसकेको छ । शाखाले जेष्ठ नागरिक सेवा अन्तरर्गत १४९१ जनालाई सेवा प्रदान गरेको शाखा प्रमुख खनालले बताउनुभयो ।

आयुर्वेद शाखाले योग शिविर तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ जसमा चालु आथिृक वर्षभित्र मात्रै ८५१ जनाले सेवा लिएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाका ५ वटा सामुदायिक विद्यालयका ५०६ जना विद्यार्थीहरुलाई आयुर्वेद शिक्षा, स्वास्थ्य जिवनशैली, स्थानिय स्तरमा पाइने जडिबुटीहरुको जानकारी र योग अभ्यास गराइएको शाखाले जनाएको छ । लामो समयदेखि पंचकर्म, पुर्वकर्म (थेरापी) सेवा दिन प्रयास गरिरहेको आयुर्वेद शाखाले कर्मचारी व्यवस्थापन गरी केहिदिन भित्रै उक्त सेवा समेत प्रदान गर्न लागेको छ । शाखाले दैनिकजसो मलद्धारमा हुने रोगहरु, पाइल्स, फिसर, फिस्टुला सम्बन्धि नि:शुल्क स्वास्थ्य परिक्षण गर्दे आइरहेको शाखाका कर्मचारी सविना केसीले जानकारी दिनुभयो ।

शाखाले बेलाबखत विद्यालयहरुमा लागु औषध दुर्व्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम  दिदै आएको छ ।  योग सेवा सुचारु कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, खजुरा गाउँपालिका सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेल, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.गिता रेग्मी, पंतन्जली योग समिति नेपाल बाँकेका उपाध्यक्ष बोधराज प्याकुरेल, योग गूरु कविराज निरिक्षक गौरिशंकर मण्डल, पंतन्जली योग समिति खजुराका उपाध्यक्ष मधु निरौला, ज्ञान योग निरोग केन्द्र खजुराका संयोजक कल्पना पौडेल लगाउतको उपस्थिती रहेको थियो ।

  • १४ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech