कोहलपुरमा पनि मनाइयो क्षयरोग दिवस

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०८०, आईतवार

कोहलपुर: ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने मुख्य नाराका साथ आज विश्व क्षयरोग दिवस, कोहलपुरमा र्‍यालीसहित कोणसभा गरी मनाइएको छ ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो ।

सामाजिक विकास समिती संयोजक इश्वरी प्रसाद विकको अध्यक्षतामा नगर अस्पतालबाट सुरू भएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गरि चौराहमा पुगेर कोणसभामा परिणत भएको जन स्वास्थ्य निरीक्षक प्रेम पाण्डेले बताउनुभयो ।

कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । उहाँले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech