बाँकेमा अवैध औषधी बिक्री गर्ने एकजना पक्राउ

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०८०, बिहीबार

नेपालगन्जः बाँकेमा अवैध औषधी विक्री गर्ने एक जना पक्राउ परेका छन् । संयुक्त बजार अनुगमन टोलिले डुडुवा गाउँपालिकाको वडा नम्बर ६ चौधरिपुर्वामा अवैध औषधी पसल सञ्चालन गरी औषधी बिक्रीवितरण गर्ने विकास लखेरलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।

उक्त पसलमा ७५ प्रतिशत औषधी म्याद गुर्जेका र केही औषधी नेपालमा बिक्रीवितरण गर्न रोक लगाइएका पाइएको बताइएको छ । लखेरसँग यससम्बन्धि कुनै योग्यताको प्रमाणपत्र पनि नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाउनुभयो ।

लखेरलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधि बिक्रीबितरण सम्बन्धी प्रचलित कानुनबमोजिम कारवाही गरिने उहाँको भनाइ छ । ‘औषधी पसल दर्ता पनि छैन । औषधि पनि वैधानिक छैनन् । ‘अवैधरुपमा औषधी बिक्री गरेपछि नियन्त्रणमा लिइएको पनि उहाँको भनाइ छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech