“मैले डि भी भरौ कि नभरौ”
उन्ले सोधिन्,मैले “भर” भन्दिय।
पक्कि बाटो,पानी ,बिजुलि पुग्यो पहाडमा,
आमैले सोेधिन्,”बेशि झरौ कि नझरौ ? ”
मैले “झर, अहिले झर ,आमै, “भन्दिय।
मैले रोकेर कोहि रोकिने छैन्,
मैले छेकेर कोहि छेकिने छैन्।।
सबै लाई छोड्ने लत लागेको छ,
घर छोड्ने,आमा छोड्ने,
गाउँ छोड्ने,शहर छोड्ने,
गित छोड्ने,प्रित छोड्ने,
केश छोड्ने,भेष छोड्ने,
सबैले सबै छोडे,शून्य हुन्छ ।
त्यो शून्य कस्ले समाउने,कस्ले छोड्ने।।
देशै बिदेशियको छ,
लाला बाला छोडेर,
माउ ,बच्चा बच्चि छोडेर,
घर छोडेर,मन छोडेर,
आमा छोडेर,मामा छोडेर,
बेबारिसे गाईबस्तु छोडे जस्तो,
फगत “अर्थ ” को लागि,
जुन अर्थ, अर्थ भन्दा “अनर्थ ” छ।।
“कवि शर्मा राप्ती प्रादेशिक अस्पताल, तुलसिपुर दाङमा हाडजोर्नी तथा नशा रोग विशषेज्ञका रुपमा कार्यरत हुनुहुन्छ।”