स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा छ: उपप्रधानमन्त्री खड्का

    • स्वास्थ्य पेज

  • ७ पुष २०८०, शनिबार

सुर्खेतः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताउनुभएको छ । ब्याक टू लाईफुको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका-७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।” उहाँले ब्याक टू लाईफु संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपाचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा ब्याक टु लाईफुका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा।चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताउनुभयो । मेहलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको जनाउनुभयो।

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech