जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा

    • स्वास्थ्य पेज

  • ७ पुष २०८०, शनिबार

सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ ।

संस्कृतबाट आएको च्यवनप्राश शब्द आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सूत्र हो । च्यवनप्राश एक पौष्टिक जाम हो, जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउन भूमिका खेल्छ । घिउ, तिलको तेल र महले जडिबुटीलाई कोषिकाको गहिराइमा लैजानु उत्पे्ररक एजेन्टको रुपमा काम गर्छ । जबकि महले अन्य प्रमुख तत्वको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्छ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।
च्यवनप्राशको सेवन गरे छाला नरम र चम्किलो हुन्छ । बढ्दो उमेरसँगै देखिने बुढ्यौलीलाई कम देखाउन पनि च्यवनप्राशको सेवन गरे लाभदायक हुन्छ । यस्तै स्मरणशक्ति बढाउन र पाचन प्रणालीमा पनि च्यवनप्राश फाइदाजनक मानिएको छ । डाबर च्यवनप्राशमा विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रण हुने कम्पनीको दाबी छ ।

कसरी प्रयोग गर्ने च्यवनप्राश ?

च्यवनप्राशको कुनै खास समयमा भन्दा पनि जहिलेसुकै सेवन गर्न सकिन्छ । अझ जाडो मौमसमा यसको सेवन गर्दा शरीरलाई थप फाइदा गर्छ । च्यवनप्राशलाई सिधै पनि खान सकिन्छ, तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।

वयस्कका लागि एक चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिन्छ । ३ देखि १२ वर्षका बच्चाको लागि दैनिक दुइर्पटक आधा चम्चा खुवाउनुपर्छ ।

च्यवनप्राशका फाइदा

च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । धुलो र मौसम परिवर्तनका कारण हुने खोकी र चिसोमा यो लाभदायक हुन्छ । यसले शरीरमा जोश, जाँगर बढाउन पनि मद्दत पुर्‍याउँछ ।

च्यवनप्राशको सेवनले पोषकतत्वको कमी र गलत पाचन प्रणालीका कारण हुने कुपोषण विरुद्ध लड्न पनि सहयोग पुर्‍याउने बताइन्छ । च्यवनप्राशमा विभिन्न रसायन जडिबुटी भएकाले विभिन्न प्रकारका संक्रमणविरुद्ध पनि यसले काम गर्ने कम्पनीहरु दाबी गर्छन् ।

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech