शम्शेरगन्जमा आयोजित स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ६ पुष २०८०, शुक्रबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) र मिर्गौलाका २०६ जनाले सेवा लिएका छन् । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा वडा नं.८ को आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा भएको मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै शिविर पुस ८ गते आइतवार बिनौना स्वास्थ्य चौकीमा राखिएको छ । नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधी खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको शंका लागेका बिरामीले भने शिविरमा लाभ लिन सक्ने बताउनुभयो ।

आजको शिविरमा राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीको नेतृत्वमा आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय बाँकेको तर्फबाट जनस्वास्थ्य अधिकृत समेत रहेका सुचना अधिकारी श्रेष्ठ, ल्याव टेक्निसियन केशव ज्ञवाली, जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्याय, कोल्डचेन निरीक्षक जनक गिरी, तथ्यांक अधिकृत मदन पाल, लेखा अधिकृत धनबहादुर चन्द लगायतको टोलि खटिएको थियो ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech