किन हुन्छ टन्सिल ? यस्तो छ घरायसी उपचार

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०८०, सोमबार

टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ ।

टन्सिल भएसँगै खान र पिउन निकै समस्या पर्छ । राम्रोसँग खान र पानी निल्न पनि नसक्ने भएपनि खानपानमा समस्या नपर्ने कुरै भएन । टन्सीलबाट दुख पाएर मानिसहरु मेडिकलबाट विभिन्न खालका औषधि ल्याएर खाने गर्छन् । तर टन्सिलको उपचारका लागि घराउसी विधिले निकै फाइद पुग्छ ।

किन हुन्छ टन्सिल ?

हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बिरामी तथा तथा संक्रमणबाट बचाउँछ ।

तर कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।

घरायसी उपचार

यदि वर्षमा एकपटक टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदि टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नुहुन्छ ।

  • नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नुन हालेर मुख कुल्ला गर्नुहोस् । यसबाट निकै लाभ हुन्छ ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या ननअल्कोहलिक माउथवास राखेर मुख कुल्ला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुल्ला गर्दा थप फाइदा हुन्छ ।

  • चुक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकाल बजारमा सहज रूपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नुहुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ तथा यी बिरामी हुनबाट जोगाउँछ ।

  • बेसार

मुख कुल्ला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नुभन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर मिसाएर पिउनाले पनि राहत मिल्छ ।

  • अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूस तथा अन्य पेय पर्दाथको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरूपमा त्याग्नुपर्छ ।

  • लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलवा उम्लिएको पानीमा ४–५ पोटी लसुन राखेर उमाल्ने र छानेर यसले मुख कुल्ला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech