चिकित्सक संघको सुर्खेत, दाङ र जुम्ला शाखा भूकम्पका घाइतेको उपचारमा खटियो

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्जः नेपाल चिकित्सक संघको सुर्खेत,दाङ र जुम्ला शाखा भूकम्पबाट घाइतेको उपचारमा खटिएको छ।

संघका महासचिव डा सन्जिब तिवारीका अनुसार घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाईसकिएको छ।

राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखाहरूसँग नियमित सर्म्पक भईरहेको बताइएको छ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech