नेपालगन्जः कोभिड १९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।
वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने नोबल पुरस्कार समितिले घोषणा गरेको हो।
सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध हुनुहुन्छ ।
यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध हुनुहुन्छ । कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो ।
वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए, जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।