यसरी जोगिन सकिन्छ लामखुट्टेको टोकाइबाट

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०८०, शनिबार

डेंगु, मलेरियालगायत सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु आवश्यक छ । त्यसैले घरमा फूल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुपर्छ । पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पुर्‍याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ ।

– राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ । –घरका झ्याल–ढोकामा लामखुट्टे छिर्न नसक्ने जालीको अनिवार्य प्रयोग गर्नुपर्छ ।

– लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ ।

– तराई तथा अत्यधिक गर्मी हुने ठाउँमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ । कतिपयले गर्मी भयो भनेर हाफ बाहुला भएको कपडा लगाउने गर्छन् । तर, लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य फुल बाहुला लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित ठाउँमा तथा झाडीमा जाँदा पनि यस्तो कपडा लगाउनु आवश्यक हुन्छ ।

– लामखुट्टे मार्न टोल–टोलमा विषादी छकर्ने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।

  • ९ भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech