हाइकिङ वा ट्रेकिङमा निस्कनुको मज्जा बेग्लै, तर मनसुनमा पूर्व तयारी भने जरुरी छ

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०८०, शुक्रबार

हाइकिङ वा ट्रेकिङमा निस्कनुको मज्जा बेग्लै छ । प्रकृतिसँगको सामीप्यले तपाईंको समयलाई रमाइलो बनाउँछ । मनसुनमा ट्रेकिङमा निस्कँदा तपाईंले प्रकृतिसँगै खुला आकाश हेर्न पाउनुहुन्छ । तर, कहिलेकाहीँ यात्रामा वर्षाले समस्या पारिदिनसक्छ । यस समय बाढी–पहिरोको जोखिम हुने भएकाले पनि घुम्न जान लागेको ठाउँका विषयमा पर्याप्त जानकारी लिनुपर्छ ।

त्यहाँको भौगोलिक बनावट, भिरपाखा, जंगललगायत विषयमा जानकारी हुनुपर्छ । तपाईंले विन्डप्रुफ तथा वाटरप्रुफ ज्याकेट, रेनकोटलगायत सामग्री झोलामा राख्न बिर्सनुहुन्न । लामो यात्रामा जाँदा झोलामा लाइट ज्याकेट बोक्नु राम्रो हुन्छ । बिहानको समयमा उच्च स्थानमा तापक्रम कम हुन्छ । यदि तपाईंको ब्यागमा पर्याप्त कपडा छैन भने तपाईंले चिसो सहनुपर्ने हुन सक्छ ।

घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, ग्लुकोज, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । यस मौसममा धेरै मानिस हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।

टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ । टोपीले टाउको छोपिँदा घाम प्रत्यक्ष रूपमा टाउकोमा पर्न पाउँदैन, टाउको र घाँटी दुवै सुरक्षित रहन्छ ।

हिँड्दा छालामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ । अन्यथा, घामको विकिरणले छालामा असर गर्न सक्छ । विभिन्न एलर्जी पनि देखिन सक्छ । गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । जसकारण, तपाईंलाई ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर झोलामा बोक्न नबिर्सनुस् ।

घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कबाट आँखालाई जोगाउन सनग्लास बोक्नु राम्रो हुन्छ । घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कले आँखामा असर गर्न सक्छ । दृष्टि कमजोर हुने, चक्कर लाग्ने, थकाइ लाग्नेलगायत समस्या देखिन सक्ने भएकाले सनग्लास बोक्नु राम्रो हुन्छ ।

  • ८ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech