आइसीयूभित्रै नर्समाथि आक्रमण

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८०, मंगलवार

नेपालगन्जः चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ।

आफ्नी आमाको उपचारका क्रममा मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि हातपात गरेका हुन्। आइसीयूमा राखी फोक्सोको क्यान्सरको उपचार गराईरहेकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेको बताइएको छ । सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले सुनारलाई समाउन खोजेका थिए। तर उम्केर उनी गेटसम्म पुगे।

त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई समाउन खोजे तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हातै काटिदिए। कलेजका सीईओ डा सुप्रभात श्रेष्ठले अहिले उनलाई प्रहरीको जिम्मा लगाइएको बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech