नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट: तीन जना पक्राउ, नतिजा स्थगित

    • स्वास्थ्य पेज

  • २४ असार २०८०, आईतवार

नेपालगन्ज: नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

बालाजु प्रहरी वृतका डिएसपी मोहनजित कुँवरका अनुसार तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।प्रहरीले नियन्त्रणमा लिएका तीन जनाले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेका थिए।

प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको छ। काउन्सिलले विशेष कारण परीक्षाको नतिजा स्थगित गर्न परेको सूचना निकालेको छ।

 

  • २४ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech