यौन स्वास्थ्य प्रश्नोत्तर- १ : स्खलनपछि शुक्राणुको आयु कति हुन्छ ?

    • स्वास्थ्य पेज

  • २३ असार २०८०, शनिबार

१. स्खलनपछि शुक्राणुको आयु कति हुन्छ?
–    हावा, कपडा, बिछ्यौनाआदिको सम्पर्कमा आएपछि शुक्राणुले आफ्नो तैरिने (पौडिने) क्षमता गुमाउछ। वीर्य सुक्नेबित्तिकै मृतप्रायः हुन्छ। शुक्राणु महिलाको योनिभित्र भएपनि निषेचन द्रव्य (फर्टाइल फ्लुड) भेटेन भने पनि केही घण्टामै मर्छ। तर, शुक्राणुले महिलाको फर्टाइल फ्लुड भेट्ने हो भने एक हप्तासम्म जीवित रहेर निषेचनका लागि अण्डाणुलाई पर्खन्छ। यसैले लिंगबाट बाहिर निस्किएको केही घण्टामात्र वीर्य जीवित रहन सक्छ।

२. के प्युबिक हेयर (यौनांग वरपर उम्रने रौं) खौरनु आवश्यक छ?
–    यौनांगको सरसफाईका लागि यस वरपरको रौं सफा गर्नु या खौरनु महत्वपूर्ण मानिन्छ। पुरुषको सन्दर्भमा लिंग वरपर उम्रने रौं खौरनु त्यति आवश्यक मानिदैंन, जति महिलाको सन्दर्भमा आवश्यक हुन्छ। महिलाको यौनांगको रौंले सेक्स क्रियामा काफी सहभागिता निर्वाह गर्छ। तर, खौरँदा रौं बाक्लो हुन्छ कि भन्ने आशंका पनि हुन्छ। जबसम्म यस्ता रौं खौरिइदैन, यौनांग वरिपरिको क्षेत्र नरम हुन्छ। तर, खौरिइसकेपछि कडा हुन्छ र बाक्लो पनि आउछ। पुनःपलाउन थालेपछि असजिलो महसुसपनि हुन सक्छ। यसका लागि ब्लेडले खौरनुको साटो हेयर रिमुभिङ क्रिमको उपयोग गर्न सकिन्छ।

३. स्तनको अलग–अलग आकार कुनै समस्या हो?
–    यदि कुनै समस्या या रोग होइन भने एकै महिलाको दुवै स्तनको आकार सामान्य फरक हुनु स्वभाविक मानिन्छ। स्तनको आकारमात्रै होइन, शरीरको दायाँ र बायाँ अंगमा पनि सामान्य अन्तर पाइन्छ। यसैले स्तनको आकार सामान्य फरक हुँदैंमा चिन्ता मान्नुपर्दैन।

४. स्तन कत्रोसम्म हुन्छ, यसको सामान्य आकार कत्रो हुन्छ?
–    यसको सही जानकारी कोही पनि दिन सक्दैन। जसरी मानिसहरु फरक–फरक लम्बाई र आकारका हुन्छन्, त्यसैगरी महिलाको स्तनमा पनि विविधता हुन्छ। कसैको ठुलो, कसैको मध्यम खालको या कसैको सानो स्तन हुन्छ। चिकित्सा विज्ञानका आधारमा स्तनको कुनै आदर्श आकार हुँदैंन। स्तनको आकार र शिशुको पालनपोषण या स्तन क्यान्सरसंग कुनै संबन्ध छैन। स्तनको आकारलाई आफ्नो चाहनाअनुसार बढाउने, घटाउने एउटैमात्र उपाय शल्यक्रिया नै हो। तर, यसको पनि साइड इफेक्ट पनि हुन सक्छ। गर्भअवस्थामा स्तनको आकारमा केही वृद्धि हुन्छ भने महिलाले पाएको उचित पोषणयुक्त आहारालेपनि स्तनको विकासमा भूमिका खेल्न सक्छ।
-अनुदित सामग्री

  • २३ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech