के तपाई पनि आँप खाएपछि बोक्रा फाल्नुहुन्छ ?

    • स्वास्थ्य पेज

  • २२ असार २०८०, शुक्रबार

फलफूलको राजा भनिने आँप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बजारमा आजकाल जताततै आँप पाइन्छ । यसको स्वादले धेरैलाई मोहित नै बनाउँछ । अधिकांश घरमा आँप खान्छन् र यसको बोक्रा डस्टबिनमा फाल्छन् ।

तर के तपाईंलाई थाहा छ, आँपको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको बोक्रामा फाइबर, एन्टिअक्सिडेन्ट, प्लाटान्स कम्पाउन्ड, भिटामिन ए, सी, के, फोलेट, म्याग्नेसियम, कोलिन र पोटासियम जस्ता तत्त्वहरू पाइन्छन् । यी तत्त्वहरूले हाम्रो उमेर घटाउन मद्दत गर्नुका साथै धेरै गम्भीर रोगहरूबाट पनि बचाउन मद्दत गर्छ ।

आँपको बोक्राको स्वास्थ्यमा हुने फाइदा र त्यसलाई खाने तरिकाबारे भारतको सरकारी मेडिकल कलेजका डाइटिशियन तथा मधुमेह शिक्षाविद् रोहित यादवबाट जानकारी लिऔँ ।

आँपको बोक्राको फाइदा

क्यान्सरको जोखिम घटाउँछ

आँपसँगै यसको बोक्राले पनि स्वास्थ्यका लागि औषधिको काम गर्छ । यो क्यान्सरको जोखिम कम गर्न प्रयोग गर्न सकिन्छ । आँपको बोक्रा म्यान्जिफेरिन, नोराथिरोल र रेभेराट्रोल जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसले क्यान्सर कोशिकाहरूलाई बढ्नबाट रोक्न धेरै मद्दत गर्छ ।

हृदयाघातको जोखिम कम गर्छ 

आँप खाएपछि फोहोरमा फालिने बोक्रा निकै कमालको हुन्छ । यसको सेवनले हृदय सम्बन्धी जोखिमहरू कम गर्न सकिन्छ । आँपको बोक्रालाई फाइबरको राम्रो स्रोत मानिन्छ । यस्तो अवस्थामा यसको सेवनले मुटु रोगको जोखिम ४० प्रतिशतले कम गर्न सकिन्छ । विज्ञका अनुसार आँपको बोक्राको असर पुरुषमा बढी देखिएको छ ।

मधुमेहमा प्रभावकारी 

मधुमेहका बिरामीले आफ्नो खानपानमा निकै ध्यान दिनुपर्छ । उनीहरूको समस्या कम गर्न आँपको बोक्राको सेवन गर्न सकिन्छ । विज्ञका अनुसार आँपको बोक्रामा पाइने गुण ब्लड सुगरलाई नियन्त्रण गर्न प्रभावकारी मानिन्छ । यसबाहेक आँपको बोक्राले पाचन प्रणालीलाई पनि सुधार्न मद्दत गर्छ ।

सेवन गर्ने तरिका

आँपको बोक्रालाई हामी धेरै तरिकाले खान सक्छौँ । तपाईं चाहनुहुन्छ भने, आँप खाँदा बोक्रासमेत नै खान सक्नुहुन्छ । यद्यपि, यसको स्वाद आँपको गुदीजस्तो मिठो हुँदैन । तर तपाईं यसलाई मज्जाले चपाएर खान सक्नुहुन्छ । यसबाहेक तपाईं यसको बोक्राको स्मुदी बनाएर पनि पिउन सक्नुहुन्छ । यसको अचार बनाएर पनि खान सकिन्छ ।

याद गर्नुपर्ने कुरा के हो भने तपाईंले यसलाई मज्जाले धुनुपर्ने हुन्छ किनभने यसमा औषधी राखिएको हुन्छ । औषधी राम्रोसँग पखाल्न पनि तपाईंले यसलाई राम्रोसँग धुनुपर्छ ।

  • २२ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech