स्तन र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सेक्स महत्वपूर्ण

    • स्वास्थ्य पेज

  • १९ असार २०८०, मंगलवार

यौन सम्पर्क गर्नुको एक होइन अनेक फाइदा छन् । शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि सेक्स निकै लाभदायीमानिन्छ । नियमित सेक्स गरिरहनाले विभिन्न रोगबाट जोगिन मद्दत हुन्छ ।

त्यतिमात्र होइन विभिन्न अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ ।

आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ । २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २००० भन्दा २००४ को तुलनामा ९ गुण से कम सेक्स गरेका छन् ।

सेक्समा यो कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तीनमा प्रत्येक वर्ष १६ पटक सम्म कम हुँदै गयो ।

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो । साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो ।

यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाचिरहेका छौं जहा यौन सम्पर्क हुँदैन । किनकी औसतन एक एडल्ट सालमा ५४ पटक सम्म यौन सम्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो की हप्तामा एक पटक भन्दा केही बढि । त्यहि एक साथ रहने विवाहित जोडि सालमा ५१ पटक सम्म यौन सम्पर्क गर्ने गर्छन् ।

 

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech