निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नहुने

    • स्वास्थ्य पेज

  • १७ असार २०८०, आईतवार

नेपालगन्ज: सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएको छ । प्रतिनिधिसभाबाट १३ असारमा पास भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बीमा कार्यक्रमलाई सामुदायिक र सरकारी अस्पतालबाट मात्र सञ्चालन गर्ने र दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गर्ने बताउनुुु भएको थियो ।

निजी कम्पनीलाई पोस्न खोजेको भन्दै विरोध भएपछि बीमा कम्पनीमार्फत सञ्चालन गर्ने तयारी अगाडि बढेन । तर सामुदायिक र सरकारी अस्पतालबाट मात्र सञ्चालन गर्ने भनिएका कारण १४ वटा निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम भने बन्द भयो ।

यो पटक अर्थमन्त्री डा. प्रकाशरण महतले पुनर्संरचनाको योजना ल्याउने भन्दै ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech