‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ पुस्तक सार्वजनिक

    • स्वास्थ्य पेज

  • १६ असार २०८०, शनिबार

नेपालगन्जः ‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ फिचर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा समस्याको अवस्था, राज्य र सरोकारवाला निकायको भूमिकाको विषयमा रहेर लेखिएको २० वटा फिचर सामग्री रहेका छन् ।

सञ्चारिका समूहले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गरेर फिचर सामग्री तयार गरेको हो ।

नेपाली महिलाको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन, नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन फिचर सामग्रीले दबाब दिने सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो फिचर सामग्री लेख्नकै लागि मात्रै नभएर ‘नेपाली महिलाको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन, नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन दबाब दिनको लागि पनि हो ।’

त्यसको साथै पत्रकार महिलालाई यहि पेशामा टिकाउन, उनीहरुको लेखन क्षमता विकासको लागि समेत सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । प्रजनन तथा यौन समस्याको विषयमा समुदाय स्तरमै पुगेर के कस्ता समस्या छन्, राज्य र सरोकारवाला निकायहरुले कसरी सम्बोधन गरेका छन् अथवा गर्नुपर्छ भन्ने फिचरमा समेटिएको छ ।

कोशी, सुदुरपश्चिम र गण्डकी प्रदेशका पत्रकार महिलालाई क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरेको र त्यसबाट छनोट भएकालाई आइपासको सहयोगमा लेखनवृत्ति दिईएको सञ्चारिकाकी महासचिव बसन्ती वास्तोलाले बताउनुभयो ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech