गर्मीका कारण बर्दियामा झाडापखालाले बालबालिका प्रभावित

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०८०, बिहीबार

गुलरियाः अत्यधिक गर्मीका कारण बर्दियामा बालबालिका झाडापखालाबाट प्रभावित बन्दै गएका छन् । विशेषगरी १० वर्षमुनिका बालबालिका झाडापखाला, आउ पर्ने र पेट दुःख्ने समस्याले जिल्ला अस्पतालमा दैनिक दर्जनौं उपचारका लागि आउने गरेका छन् ।

दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा.विश्वनाथप्रसाद साहले बताउनुभयो । प्रचण्ड गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित भएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा झाडापखालाबाट प्रभावित बालबालिका झन्डै २०/२२ जना उपचारका लागि आउने गरेका छन् । यसबाहेक टाउको दुःख्ने, ज्वरो आउने, दीर्घरोगीलगायत इमर्जेन्सीका बिरामी भरिभराउ हुने गरेको छ ।

बहिरंग सेवामा दैनिक २ सय ५० बिरामी उपचारका लागि यहाा आउने गरेको जिल्ला अस्पाताल, बर्दियाले जनाएको छ । इमर्जेन्सीलगायत अस्पतालका शय्या बिरामीले भरिएका छन् ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech