हाइ किन आउँछ ? हाइ आउनु स्वास्थ्यको लागि राम्रो हो ?

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७९, सोमबार

मानिसका शरीरमा धेरै क्रिया हुन्छन् जुन आफ्नो नियन्त्रणमा हुँदैन । त्यस्तै, एउटा क्रिया हो ‘हाइ काढ्नु’ । मानिसलाई हाई आउनु प्राकृतिक क्रिया हो । यसलाई मानिसले म्यानुअल्ली नियन्त्रण गर्न सक्दैन ।

सामान्यतया आजको अत्याधुनिक जीवनशैलीमा मानिसलाई काम गर्दा वा नगर्दा पनि अल्छी हुने त्यसकै कारणले मानिसलाई हाई आउने हुन्छ भन्ने तर्क गर्छन् । त्यो कतिपय अवस्थामा सही हो । यद्यपी अल्छी लागेर मात्रै हाइ भने होइन । मानिसले एक दिनभरीमा औसतमा १५ देखि २० पटक हाइ काढ्ने गरेको अध्ययनले देखाएको छ । बसमा यात्रा गर्दा बसमै हाइ, बाटोमा पनि हाइ, कार्यालय, विद्यालय, पार्क, पसललगायत स्थानमा मानिसले हाइ काढेको देख्न सकिन्छ ।

हाइ किन आउँछ ? हाइ आउनु स्वास्थ्यको लागि राम्रो हो ?

हाइ एक मानिसको मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया हो । नचाहेको समयमा पनि एकाएक हाइ आउनु शरीरको स्वचालित क्रियासँग सम्बन्धित हुने गर्दछ ।

यसले मस्तिष्कको तापक्रम घटाउनुका साथै अनुहारका मांशपेशीलाई तन्काइरहेको हुन्छ । हाइ आउँदा एकैसाथ ठूलो परिमाणमा मुखबाट फोक्सोसम्म अक्सिजन पुग्दछ र फोक्सोबाट रगतमा गएर शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुने गर्दछ । मस्तिष्कको भित्तालाई चिसो राख्नका लागि मस्तिष्ककै निर्देशनमा मानिसलाई हाइ आउँछ ।

हाइ आउनु सामान्य कुरा हो । यदि छिटो छिटो हाइ आउँछ भने त्यो अनिद्राको संकेत हुनसक्छ । हाइ आयो भने त्यसलाई रोक्नु हुँदैन मज्जाले काढ्नुपर्छ । आएको हाइ रोक्दा त्यसले सरीरमा नकारात्मक असर पार्न सक्छ ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech