सानो उमेरमा आमा बन्ने क्रम रोकिएन

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०७९, बिहीबार

नेपालगन्जः सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये २ हजार ६ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका ६ हजार तीन सय ८९ जनाले शिशु जन्माएको उहाँको जानकारी दिनुभयो । उनीहरुमध्ये दुई हजार एक सय ८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, चार हजार सात सय ४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • ११ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech