नेपालगन्ज स्थित न्यूरो अस्पतालमा रक्तदान

    • स्वास्थ्य पेज

  • २२ माघ २०७९, आईतवार

नेपालगन्ज: नेपालगन्ज स्थित न्यूरो अस्पतालले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार अस्पतालको नवनिर्मित भवनमा गरिएको रक्तदान कार्यक्रममा ५० बढीले रगत दान गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

क्षेत्रिय रक्तसञ्चारसँगको सहकार्यमा अस्पतालले रगत अभावको समस्या पुर्ति गर्न कार्यक्रमको आयोजना गरेको अस्पतालका प्रबन्ध निर्देशक निशा हुमागाईले जानकारी दिनुभयो । निर्देशक हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.जोशन न्यौपानेले रगत तान्न प्रयोग हुने सामाग्री रक्तसञ्चारका प्राविधिकहरुलाई हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रमम विभिन्न सरकारी कार्यालयहरुका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी लगायत अस्पतालमा रहेका बिरामीहरुका कुरुवाहरुले समेत रक्तदान गरेको अस्पतालका फार्मेसी ईन्चार्ज दिनेश विष्टले जानकारी दिनुभयो ।

सुरुमा क्लिनिकका रुपमा सेवा सुरु गरेको न्यूरोले अहिले अत्याधुनि सेवा र सुविधा सहित अस्पतालका रुपमा आफ्नै भवनबाट सेवा दिईरहेको छ । नेपालगन्ज-१० स्थित जेल रोडमा रहेको अस्पतालको निजि भवनबाट माघ १ गतेदेखिनै २४ सै घण्टा ईमजेन्सी सेवा, अत्याधुनि अपे्रशन, आइसियु साथै ओपिडी सेवा त्यस्तै ल्याब परिक्षण सेवा, फार्मेसी सेवा लगायत दिईरहेको अस्पतालका प्रबन्ध निर्देशक हुमागाईले जानकारी दिनुभयो ।

अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न शनिवार गरेको रक्तदान कार्यक्रममा उपस्थित सबैमा प्रबन्धक हुमागाईले धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत सहकार्यका लागि आय्रह गर्नुभएको छ ।

न्यूरो सेवाकै लागि विरामीहरु भारत तथा काठमाडौं जानु पर्ने बाध्यतालाई न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलले रोक्दै आएको छ । अस्पतालमा लामो समय नेपालगन्ज मेडिकल कलेजमा आवद्ध भएर हजारौं न्यूरोका विरामीलाई उपचार सेवा दिनु भएका डा.जोशन न्यौपानेले सेवा दिईरहनुभएको छ । हाल उहाँ भेरी अस्पतालमा आवद्ध हुनुहुन्छ ।

डा न्यौपानेले नेपालगन्जमा बसेर सेवा दिन थालेपछि जटिलखालका शल्यक्रिया भइरहेका छन् । जस्का कारण धेरैको ज्यान जोगिएको छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech