पोखरामा विमान दुर्घटना: दुई जना चिकित्सक परेo

    • स्वास्थ्य पेज

  • १ माघ २०७९, आईतवार

नेपालगन्ज: कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयलाइन्सको विमानमा दुई जना चिकित्सक पनि परेका छन् ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ पत्नी डा. सोना दिवाकर र १० महिने छोरा पनि सवार रहेको खुलेको छ ।

डा. श्रेष्ठ पत्नी सोना र १० महिने छोरासहित छुट्टी मनाउन पोखरा उडेको बताइएको छ ।

पोखरा स्थायी घर भएका डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नु भएको थियो ।

डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रूपमा काम गर्नु भएको थियो ।

यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको पोखराका लागि उडेको थियो ।

१० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको यतीको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको हो ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech