नेपाली कम्पनीका दुई औषधि गुणस्तरहीन

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७९, आईतवार

नेपालगन्जः औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।

विभागले सो ब्याचको औषधिको बिक्री वितरणमा समेत रोक लगाएको छ । आइतबार सूचना जारी गर्दै बजार अनुगमनको क्रममा ती औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको जनाएको हो । यी औषधिहरु कोभिडको समयमा व्यापक प्रयोग भएका थिए ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।

  • २७ कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech