संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७९, आईतवार

नेपालगन्जः नेपालमा पहिलो पटक दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको प्राविधिक सहकार्यमा औषधि कम्पनी सञ्चालनमा आएको छ।

मीरा बायोटेक प्रालिले इयुबायोलोजिक्स कम्पनी लिमिटेड ९ईयूबी० सँगको सहकार्यमा आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको छ।

४०० मिलियन अमेरिकी डलर बजार पूँजी भएको ईयूबी दक्षिण कोरियाको एक बायोफर्मास्युटीकल कम्पनी हो, जो विश्वव्यापी जनस्वास्थ्यका लागि खोप विकासमा केन्द्रित छ।

मीरा बायोटेकका अनुसार नेपालको औषधि उद्योगमा यो पहिलो उत्तर दक्षिण ९विकसित देश र विकासशील देश० सहकार्य हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा उत्पादन कारखाना सञ्चालन गर्दै आएको मीरा बायोटेकले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ। यी उत्पादनहरूको उत्पादन र बजारीकरणमा कम्पनी सक्रिय छ।

ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया ९डब्लुएचओ जीएमपी० प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ।

कम्पनीले आफ्ना उत्पादनहरू सुरुमा नेपाल र त्यसपछि विदेशमा उपलब्ध गराउन खोजेको छ। साथै, यसले निकट भविष्यमा थप विशेष उत्पादनहरू जस्तै इन्जेक्टेबल, खोपहरू आदि उत्पादन गर्ने लक्ष्य लिएको छ।

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech