पसिना गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७९, मंगलवार

गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ ।  पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । जुन ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ ।

शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको बिकार पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरी बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।

पसिना गन्हाउँने कारण

-ब्याक्टेरिया इन्फेक्सन

-अल्कोहलको बढी प्रयोगले

– जंक फुड खानाले

-वंशाणुगत कारण

-मसालेदार खानेकुरा धेरै खाएर

-धुम्रपान गर्नाले

-लसुन प्याजको प्रयोग धेरै गरेर

उपाय
– दैनिक नुहाउने,  नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।

– प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।

-कागतीको रस पानीमा राखेर नुहाउन सकिन्छ ।

-सँधै खुकुलो लुगा लगाउने गर्नु पर्छ ।

-काखीको कपाल सफा गर्नु पर्छ ।

-नुहाएर आएपछि एकछिन शरीर सुक्न दिनुपर्छ । अनि मात्रै लुगा लगाउने गर्नु पर्छ ।

ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ  । यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ । तर, चिकित्सकको सल्लाहमा ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech