उच्च रक्तचाप नियन्त्रणका लागि उपयोगि यी खानेकुरा

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७९, शनिबार

उमेर बढेसँगै मानिसमा देखिने उच्च रक्तचाप सबैभन्दा सामान्य स्वास्थ्य जटिलताहरूमध्ये एक हो ।

उच्च रक्तचापको पहिचान भएपछि धेरैले तुरुन्तै औषधिको सेवन गर्ने गर्छन् । उचित आहार र स्वस्थ जीवनशैली अपनाएर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । धेरै अध्ययनहरूले केही खानेकुराको सेवनले रक्तचाप बढ्छ भने केहीले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । यस्ता छन् उच्च रक्तचाप नियन्त्रण गर्ने केही खानाः
खरबुजा

खरबुजामा पाइने सिट्रुलिन रक्तचाप कम गर्न चाहिने एक अत्यावश्यक तत्व हो । सिट्रुलिनले नाइट्रिक अक्साइड उत्पादन गर्छ जसले रक्तनलीलाई आराम दिने काम गर्छ । यसले उच्च रक्तचापलाई कम गरि नियन्त्रणमा ल्याउँछ ।

अनार

अनारको जुस सेवनले सिस्टोलिक रक्तचाप कम गर्न सक्छ । अनारको सेवनले सिरम एन्जियोटेन्सिन कन्वर्टिङ इन्जाइम गतिविधिलाई रोक्छ र सिस्टोलिक रक्तचाप घटाउँछ । यो फल मुटुको लागि पनि फाइदाजनक हुन्छ ।

चुकन्दर

चुकन्दरको जुस पिउनाले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । अध्ययन अनुसार, उच्च रक्तचापको समस्या भएका बिरामीले एक महिनासम्म एक कप चुकन्दरको रस पिउनाले रक्तचाप कम हुन्छ । चुकन्दरको जुसको सेवन गरेको केही घण्टामै रक्तचाप कम हुन्छ ।

हरियो सागसब्जी

पोषक तत्वहरूले भरिएको ताजा हरियो सागसब्जीको सेवन स्वास्थ्यको लागि धेरै तरिकाले फाइदाजनक हुन्छ । उच्च रक्तचाप नियन्त्रण गर्न हरियो सागसब्जी प्रभावकारी हुन्छ ।

केरा

केरामा पाइने पोटासियम उच्च रक्तचाप नियन्त्रण गर्नका लागि महत्वपूर्ण तत्व मानिन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार केरामा पाइने पोटासियमले सोडियमको प्रभावलाई कम गर्छ र रक्तनलीको भित्तामा हुने तनावलाई आराम दिई रक्तचापलाई नियन्त्रणमा राख्छ ।

लसुन

लसुनको सेवनले पनि रक्तचाप नियन्त्रण हुन्छ । लसुनमा एन्टिबायोटिक तथा एन्टिफङ्गल गुण हुनुका साथै यसले नाइट्रिक अक्साइडको उत्पादनलाई तीव्र बनाई रक्त नलीहरूलाई आराम दिएर रक्तचाप कम गर्छ ।

ओट्स

तौल घटाउनका लागि खाइने ओट्सले पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । ओट्समा बिटा ग्लुकान हुन्छ, जसलाई रक्तचाप नियन्त्रण गर्न चिनिन्छ । यसमा पाइने फाइबरले आन्द्रा स्वास्थ्यमा सहयोग गर्छ र कोलेस्ट्रोललाई नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्छ ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech