२४ घण्टामा थप २६९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७९, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० र एक हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १५८ छ ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech