नेपाल चिकित्सक संघले १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्ने

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७९, बिहीबार

नेपालगन्जः नेपाल चिकित्सक संघले चिकित्सा क्षेत्रमा गरेको योगदानको उच्च मुल्याकंन गर्दै १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्ने भएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्न लागिएको नेपाल चिकित्सक संघले जनाएको छ । अवार्ड कार्यक्रम बिहीबार राष्ट्रपति कार्यालयमा हुने छ।

नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गर्न लागिएकोहो । गत सालदेखि नेपाल चिकित्सक संघले महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड थालेको हो ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech