बाँकेमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७९, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ५ र जमुनाह नाकामा २ गरी ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २०५ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २० हजार ८०५ जना निको भइसकेका छन् । जिल्लामा अहिले ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

  • २२ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech