डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा डा.राजन पाण्डे मनोनित

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७९, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको हो ।

विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै एनसिडिआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उहाँ मनोनयन हुनुभएको हो ।

‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डाक्टर भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डाक्टर फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’ उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech