भेरी अस्पतालका मेसु डा.वीरेन्द्र बहादुर चन्द सेवा निवृत्तः भन्नुहुन्छ–‘आज एकदम स्याड फिल भा’छ’

    • स्वास्थ्य पेज

  • १४ असार २०७९, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) वीरेन्द्रबहादुर चन्द सेवा निवृत्त हुनुभएको छ । वि.स. २०४८ साल फागुन १५ गतेदेखि सरकारी सेवामा सेवारत डा. चन्द मंगलवारदेखि सेवा निवृत्त हुनुभएको हो ।

बैतडीको पाटननगरपालिका ३ निवासी डा.चन्दले वि.स. २०६३ साल मंसिर १५ गतेदेखि भेरी अस्पतालबाट सेवा दिँदै आउनुभएको थियो ।

रेडियोलोजिष्ट डा.चन्दले सरकारी सेवामा प्रवेश गर्नु अघि टिचिङ अस्पताल काठमाडौंमा वि.स. २०४६ सालदेखि ४८ सालसम्म सेवा दिनुभएको थियो । त्यसपछि सरकारी सेवामा प्रदेश गर्नुभएका उहाँले जुम्ला र वीर अस्पतालमा बसेर पनि सेवा दिनुभयो ।

भेरी अस्पतालमा दुई पटक मेसुको जिम्मेवारी निर्वाह गर्नुभएका डा चन्दले उहाँकै पहलमा क्याथल्याव, डायलाइसिस सेवा सम्भव भएको हो । वि.स. २०७३ मंसिर २७ गते मेसुमा नियुक्त हुनुभएका उहाँकै पहलमा भेरी अस्पतालले क्याथल्याव सेवा दिन सुरु गरेको हो ।

उहाँ वि.स. २०७५ साल जेठ १६ गतेसम्म मेसु हुनुभएको थियो । त्यस्तै वि.स २०७८ साल असोज १८ गते पुनः मेसुमा नियुक्त भएपछि उहाँकै पहलमा एमआरआई सेवा पनि भेरी अस्पतालबाट सुरु भएको छ ।अत्यन्तै शालिन र भद्र स्वभावका डा.चन्द सरकारी सेवाबाट अवकाश लिएपछि उहाँका पुराना सहपाठीहरुले भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहमा चन्दको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

लामो समयसम्म भेरीमा बसेर सेवा दिनुभएका चन्दले सेवा निवृत्त भएर अस्पताल छाड्नु पर्दा नरमाइलो लागेको बताउनुभयो ।‘आज एकदमै नरमाइलो फिल भएको छ उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘भेरी अस्पतालनै मेरो घर थियो, घर छोड्नु पर्दा नरमाइलो लागिरहेको छ ।

उहाँले अहिलेसम्म आफुलाई सहयोग पुर्याउने भेरी अस्पताल परिवार, नेपालगन्जबासी, बिरामी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सेवा निवृत्त डा. चन्दलाई अस्पताल विकास समितिले मंगलवार विदाई गरेको छ । विदाई कार्यक्रममा नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्ट, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, सरस्वती मल्ल, अस्पतालका विभिन्न विभागका प्रमुख, कर्मचारी लगायत सहभागी हुनुहुन्थयो ।

डा.चन्दको अवकाश पछिका बाँकी दिन सहज, सरल र रचनात्मक तथा उपयोगीपूर्ण तरिकाले व्यतित होस् स्वास्थ्य पेज परिवारको तर्फबाट हार्दिक शुभकामना

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech