भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

    • स्वास्थ्य पेज

  • १४ असार २०७९, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तर नाम भने खुलाएको छैन् । बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन न्यौपानले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका अबान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो ।

प्रहरीले निगरानी बढाएसंगै अस्पताल परिसरमै आएर विरामी र उनका आफन्तलाई दवाव दिदैँ आफू अनुकूल मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो ।

अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढ्दै जाँदा एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल लगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।

 

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech