नर्स रजनी थापा मेयरमा १७४ मतान्तरले पराजित

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७९, बुधबार

नेपालगन्ज: काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स रजनी थापा थोरै मतान्तरले पराजित हुनुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार नर्स थापा एमालेका प्रकाश अधिकारीसँग १७४ मतान्तरले पराजित हुनुभएको हो ।

एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित हुनुभएाके छ । थापाको १० हजार १ सय ७७ मत आएको छ।

मेयरमा पराजित थापा नर्स हुनुहुन्छ। उहाँले पिसिएल नर्सिङ, स्नातक मानविकी, एलएलवी, राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

चुवानको क्रममा दीर्घरोगीहरूका लागि वार्षिक स्वास्थ्य शिविर, प्रेग्नेन्सी किटदेखि पोषण कार्यक्रम र सामुदायिक अस्पतालमा सुविधा थपेर नयाँ ढंग र फरक रुपमा लैजाने योजना थापाले अघि सार्नुभएको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech