महिला स्वास्थ्यसम्बन्धी १० तथ्य

    • स्वास्थ्य पेज

  • २९ चैत्र २०७८, मंगलवार

१. विकासोन्मुख मुलुकमा युवतिबीच बढ्दो धूमपान
सामान्यतः धूमपानको दर महिलामा भन्दा पुरुषमा १० गुणा बढी हुन्छ। तर केही समययता चुरोट तथा सूर्ति कम्पनीको आक्रामक बजार बिस्तारले विशेषगरी विकासोन्मुख मुलुकका युवतिमा धूमपानको दर तीव्र रुपमा बढ्दो छ। महिलाहरुलाई धूमपानको लत छुटाउन पनि गा¥हो हुन्छ भने युवामा निकोटिन थेरापीले पनि कम काम गर्छ।

२. महामारीको मारमा महिला
सब–सहारा अफ्रिकाका ६१ प्रतिशत युवा महिलाहरु एचआइभीबाट पीडित छन्। क्यारिबियन मुलुकमा भने यो संख्या ४३ प्रतिशत छ। तर ल्याटिन अमेरिका, एशिया र पूर्वी युरोपमा पनि एचआईभीबाट पीडित महिलाको संख्यामा वृद्धि भइरहेको छ।

३. हिंसाले महिलाको स्वास्थ्यमा गम्भीर परिणाम ल्याउँछ
विश्वका १५ देखि ७१ प्रतिशत महिलाहरु शारीरिक या यौन हिंसाबाट पीडित भएका पाइन्छन्। त्यस्तो हिंसा कुनै न कुनै रुपमा उनीहरुकै पुरुष पार्टनरबाट हुने गरेको हुन्छ। यस्ता हिंसाबाट अनिच्छित गर्भधारण, यौनजन्य क्रियाकलापबाट सर्ने संक्रमण, डिप्रेसन र दीर्घरोगजस्ता गम्भीर खालका स्वास्थ्य समस्या निम्त्याउँछ।

४. महिलाविरुद्धको हिंसा विश्वव्यापी
केही अध्ययनहरुले ५ जनामध्ये एक महिला १५ वर्षको उमेरअघि नै यौन दुव्र्यवहारबाट पीडित हुने गरेको देखाएका छन्।

५. बालविवाह घटेको छ, तर…
विश्वभर बालविवाह घटेका छन्। तर एक आँकलनअनुसार आगामी १० वर्षमा १ १० करोड बालिकाको विवाह १८ वर्षअघि नै हुने अनुमान छ। यो विकासोन्मुख मुलुक (चीनबाहेक) का एक तिहाई बालिकाको संख्या हो। सानै उमेरमा विवाह गर्दा किशोरीहरुमा यौन ज्ञानको अभावमा यौन रोग र एचआईभी एड्सको शिकार हुने खतरा हुन्छ।

६. अधिकांश किशोरी आमाहरु विकासोन्मुख मुलुकका
एक अध्ययनअनुसार हरेक वर्ष विश्वभरका करिब १ करोड ४० लाख किशोरीहरु आमा बन्छन्। तीमध्ये ९० प्रतिशत विकासोन्मुख मुलुकमा बस्ने गर्छन्।

७. मातृमृत्युदर पनि विकासोन्मुख मुलुकमा बढी
गर्भधारण र सुत्केरी हुने बेलामा आउने जटीलता दैनिक १६०० महिला र १० हजार नवजात शिशुको मृत्यु हुने गरेको छ। त्यसमध्ये ९९ प्रतिशत मातृमृत्यु र ९० प्रतिशत नवजात शिशुको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ।

८. किन्छन् महिलाले, प्रयोग गर्न पाउँदैनन्
विषादीयुक्त झुलले गर्भवती महिला र उनीहरुका बालबालिकालाई मलेरियाबाट बचाउँछ। जब महिलाले केही आय गर्छन्, उनीहरुको पहिलो प्राथमिकता त्यस्ता झुल किन्नुहुन्छ। तर, त्यही झुल प्रयोगबाट भने महिलाहरु वञ्चित हुने गर्छन्।

९.घरभित्रको धुवाँको मार महिलालाई
अधिकांश मुलुकमा खाना पकाउने दायित्व महिलालाई दिइएको हुन्छ। जब उनीहरुले पारम्परिक खुला चुल्होमा खाना पकाउँछन्, उनीहरुको श्वासमार्फत् दैनिक हजारौं प्रदूषणका कण लिन्छन्। एक तथ्यांकअनुसार श्वासप्रश्वासजन्य रोगका कारण बर्सेनि १३ लाख मानिसको मृत्यु हुने गरेकोमा घरभित्रको धुवाँका कारण ५ लाखको मृत्यु हुने गरेको छ। गर्भवती भएको बेलामा यस्ता प्रदूषणको सम्पर्कमा रहँदा कम तौलको बच्चा जन्मने र भ्रुणको विकासमा असर गर्ने सम्भावना हुन्छ।

१०. आँखामा असमान उपचार
विश्वभरमा पुरुषभन्दा सबै उमेर समूहका महिलाहरु आँखाको समस्याबाट बढी पीडित हुने गरेको पाइन्छ। महिलाहरु आफैं स्वास्थ्य केन्द्रसम्म जान असमर्थ हुने अवस्था र सांस्कृतिक भिन्नताका कारण महिलाले आँखाको रोगको उपचारमा समान पहुँच पाउँदैनन्। स्रोतः विश्व स्वास्थ्य संगठन

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech