राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो डाक्टर, नर्ससहित २० कर्मचारी

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७८, बुधबार

काठमाडौं: सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदहरुमा करार कर्मचारीका लागि आवेदन आव्हान गरेको छ। केन्द्रले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आव्हान गरेको हो।

जसअनुसार रजिस्ट्रार एनेस्थेरियोलाजी एण्ड क्रिटिकल केयरमा २ जना, रजिस्ट्रार पल्मोनोलोजीमा १ जना, रजिस्ट्रार प्रत्यारोपण शल्यचिकित्सा तथा हेपाटिको–प्यानक्रियाटो विलियरी सर्जरीमा १ जना र मेडिकल अधिकृत २ जना माग गरिएको छ।

यस्तै, स्टाफ नर्स ९ जना, मेडिकल ल्याब टेक्निसियन १ रेडियोग्राफर २ र एनेस्थेसिया असिस्टेन्ट २ जना मागरिएको छ। ती पदमा फागुन १८ देखि २१ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ।

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech