भेरी अस्पतालकी नर्सिङ निरीक्षक रिजाललाई स्वास्थ्य सेवा पुरस्कार ( पुरस्कार पाउने को को ? (सूची सहित)

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः सरकारले नेपालगन्जस्थित भेरी अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक सञ्जु रिजाललाई स्वास्थ्य सेवाबाट पुरस्कृत गरेको छ ।

२४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरस्कृत गरेको हो ।

बाँके कोहलपुर नगरपालिका–११ निवासी रिजाल विगत १२ वर्षदेखि भेरी अस्पतालमा कार्यरत रहँदै आउनुभएको छ।

रिजालसँगै स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीलाई पनि स्वास्थ्य सेवाबाट पुरस्कृत गरिएको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसवर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार डा जितेन्द्र कंडेललाई प्रदान गरेको छ ।

बेनी अस्पतालका मेडिकल अधिकृत कंडेलले एक लाख रासीको यो पुरस्कार पाउनु भएको हो ।

बाजुरा अस्पतालकी अनमी धनकला थापा अनमी , प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याव टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याव टेक्निसियन निरीक्षक रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्र वराह क्षेत्र सुनसरीका सीअहेव योगेन्द्र कट्टेललाई ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ।

यस्तै दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइएको छ ।

त्यसरी सम्मान पाउनेहरुमा भेरी अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक रिजाल, स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीसहित स्वास्थ्य विभाग विराटनगर शाखाका फार्मेसी अधिकृत सञ्जीव कट्टेल, जिल्ला आयुर्वेद रौतहटका रुद्रनारायण महत्तो कविराज, स्वास्थ्य सेवा विभागका बरिष्ठ फार्मासिस्ट अधिकृत बढेवाबु थापा, दर्लिङ स्वास्थ्यचौकी बागलुङकी अनमी प्रेमकुमारी केसी रहनुभएको छ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अधिकृत डा शरद चन्द्र बराल, गुल्मीकी महिला स्वास्थ्य स्वयंसेविका लिला थापा, गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रेका हेल्थ असिस्टेन्ट लालबहादुर रोका र खादाङ गाँउपालिका मुस्ताङका हलुका सवारी चालक गगन विक रहनुभएको छ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले पुरस्कृत तथा सम्मानित स्वास्थ्यकर्मी तथा कर्मचारी छनौट गरेको हो ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech