शवासन यसरी गर्नुस्, अनि हुन्छ फाइदै फाइदा

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७८, मंगलवार

शवको अर्थ हो मूर्दा । शवासनमा शरीरलाई मूर्दाजस्तै अचल र स्थिर राखिन्छ । यस आसनको उद्देश्य शरीरलाई शिथिल पार्दै गहन विश्रामको अवस्थामा पु¥याउनु हो । प्रायः शवासन सबै आसनहरू पूरा गरिसकेपछि अन्तमा गरिन्छ । आसनहरूको श्रमद्वारा उत्पन्न थकाइ मेटाउन यो आसन अत्यन्त प्रभावकारी छ । आवश्यकता परेमा अन्य आसनहरूका बिचमा पनि शवासन गर्न सकिन्छ । यो आसन आवश्यकताअनुसार जुनसुकै समयमा पनि गर्न सकिन्छ । दिउँसो कुनै पनि समयमा कुनै विशेष परिश्रम पर्ने काम गरेर थाकेपछि केही समयका लागि शवासन गर्नाले शान्ति एवम् स्फूर्ति प्राप्त हुन्छ ।यो योगासन सम्पूर्ण शरिरका अंगका लागि फाइदाजनक हुन्छ ।

विधि

— उत्तानो परेर सुत्नुहोस् ।

— खुट्टालाई १ देखि १.५ फिट जति फैलाएर राख्दै हात शरीरबाट आधा फिट जति टाढा हत्केला आकाशतिर फर्काएर सुत्नुहोस् ।

— टाउकालाई आरामदायक अवस्थामा राख्दै आँखा बन्द गर्नुहोस् ।

— पूरै शरीरलाई शिथिल छोड्नुहोस् जहाँ कुनै तनाव नरहोस् ।

— छातीका मांसपेशीहरूलाई खुकुलो पारेर केहीवेर गहिरो श्वास लिँदै, छोड्दै गर्नुहोस् ।

— अब पूरै चेतना दुवै पैतालामा केन्द्रित गर्नुहोस् र पैतालालाई गहन आराम भइरहेको महसुस गर्नुहोस् ।

— विस्तारै चेतनालाई नली तथा घठ कम गर्छ ।जाम भएका मांसपेशी, नशनाडीलाई खुलाउँछ । योगको उच्चतम अवस्था धारणा, ध्यानको अभ्यास र समाधिको प्राप्तिका लागि शरीर र मनलाई तयार गर्छ ।

फाइदा

सक्रिय र थाइरोइड ग्रन्थलाई सक्रिय बनाउनुको साथै पोषण दिन्छ ।

मुटुको मांसपेशीहरुलाई सक्रिय गर्ने र मुटुमा शुद्ध रगतलाई पठाउँछ ।

बाँझोपन र गर्भपात जस्ता समस्याहरु हटाउँछ।

महिनावारीको समस्याबाट छुट्कारा दिन्छ ।

कब्जियत हटाउँछ र पाचन प्रणाली सक्रिय गर्दछ।

यो आसनले थकान र कमजोरी हटाउनमा धेरै मद्दत गर्छ ।

हात र काँधहरुलाई बलियो बनाउँछ।

धेरै रगत पुर्‍याएर मस्तिष्कलाई पोषण दिन्छ।

मोटोपन घटाउन मद्दत गर्दछ।

स्रोत – ‘राष्ट्रिय योगाक्रम’ पुस्तकबाट

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech