सुदूरपश्चिम प्रदेशमा चार जनामा ओमिक्रोन संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ११ माघ २०७८, मंगलवार

नेपालगन्जः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिनुभयो । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताउनुभयो ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech